७ ओटा प्रदेशहरुमा विज्ञान शिक्षकहरूको सशक्तिकरण र विकास गर्न STAN र कारखाना संगै
देशको ७ ओटा प्रदेशहरुमा विज्ञान शिक्षकहरूको सशक्तिकरण र विकास गर्ने साझा उद्देश्यको साथ, विज्ञान शिक्षक समाज नेपाल (Science Teachers’ Association of Nepal – STAN) र कारखाना एकसाथ आउने भएका छन्। विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सचिव मनोज आचार्य र कारखानाका सम्बन्ध प्रबन्धक सगुन खड्काले हालसालै समझौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।
वि.सं. २०६६ सालमा स्थापना भएको विज्ञान शिक्षक समाज नेपाल (STAN), नेपालका विद्यालय स्तरमा कार्यरत करिब ३०,००० भन्दा बढी विज्ञान शिक्षकहरूको एकमात्र पेसागत छाता संस्था हो जसले स्थापनादेखिनै विद्यालयस्तर(१-१२ कक्षा)को विज्ञान शिक्षणलाई गुणात्मक रुपमा प्रवर्धन गर्न सहजीकरण गर्दै आएको छ भने २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने हो। यो सहकार्य देशभरि वैज्ञानिक सोच र वैज्ञानिक शिक्षकहरूको विकासका लागि लक्षित रहेको छ। यस सहकार्यले कक्षा कोठामा ह्यान्ड्स-अन र व्यावहारिक सिकाईलाई प्रोत्साहित गर्नु हो।
यस साझेदारी क्षेत्रमा आइपर्ने मुख्य बुँदाहरुमा: शिक्षक प्रशिक्षणका लागि हरेक जिल्लाबाट विशेषज्ञ समूहको गठन गर्ने, विज्ञान शिक्षकहरुको मूल्यांकन गर्ने र तालिम कार्यक्रम संचालन गरी शिक्षकहरुलाई कारखाना र स्टानले संयुक्त रुपमा प्रमाणपत्र पनि प्रदान गर्ने आदि पर्दछन् । साथ साथै शैक्षिक स्रोतहरू आदानप्रदान गर्ने, विशेषज्ञ समूह र शिक्षकहरूका लागि उद्यमशील कार्यशालाहरू सञ्चालन गरिनेछन् । चैत्र महिनाको लागि “हाम्रो Innovative शिक्षक” अभियानको सञ्चालन गरी मेहनती विज्ञान शिक्षकहरूको सम्मान गर्दै उनीहरूको कथा सामाजिक संजाल मार्फत शेयर गर्ने योजना पनि गरिएको छ।
We are glad to come together with
with a joint vision of empowering science teachers and promoting scientific thinking around the nation. For the past 20 years, STAN has been working on empowering science teachers in teaching and learning activities!