हामी धेरै जना सानो हुँदा रेडियो चलाएर हेर्न खोज्दा, या टेलिभिजन भित्र कसले बोल्छ भनेर हेर्न खोज्दा, या माटोमा बिरुवाको जरा कति तलसम्म जाँदो रहेछ भनेर हेर्न खोज्दा, हामीलाई हामीभन्दा ठूलाहरुले “कस्तो छुकछुक गरेको!” भनेर कराउनु हुन्थ्यो। अहिले पनि कतै हामीले हाम्रा बालबालिकाले माटोसंग खेलिरहेका, रिमोट खोल्न खोजिरहेका देख्यौं भने हामी छुकछुक नगर्न भनिहाल्छौँ। छुकछुक गर्दा, विभिन्न सामानलाइ चलाउन खोज्दा खतराहरु त पक्कै छन्, तर यी क्रियाकलापले बालबालिकाको सिकाइ र बुझाइमा ठुलो भूमिका खेलेको हुन्छ।
देशको ७ ओटा प्रदेशहरुमा विज्ञान शिक्षकहरूको सशक्तिकरण र विकास गर्ने साझा उद्देश्यको साथ, विज्ञान शिक्षक समाज नेपाल (Science Teachers’ Association of Nepal - STAN) र कारखाना एकसाथ आउने भएका छन्। विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सचिव मनोज आचार्य र कारखानाका सम्बन्ध प्रबन्धक सगुन खड्काले हालसालै समझौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Officeअन्तर्गत २५ वटा सामुदायिक विद्यालयहरुमा Aavishkar Club (STEAM-Makerspace) स्थापना हुँदैछ र यस कार्यको समर्थन र कार्यान्वयनमा हामी निरन्तर लागिरहदा, धेरै खुसी छौँ।