वर्तमान अवस्थामा भन्दा पनि पहले देखि नै बालबालिकामा मानसिक समस्या देखिएको हो, तर अहिले यसको पहिचान धेरै भएको कारणले गर्दा समस्या बढ्दै गएको हो कि जस्तो मात्र बुझ्न सकिन्छ। साधारण अर्थमा,
– बौद्धिक क्षमता कम हुने समस्या,
– सामाजिक अन्तरक्रिया सम्बन्धी हुने समस्या,
– पढाइ सम्बन्धि हुने समस्या, व्यवहार सम्वन्धि समस्या हुन्छन्
– चिन्ता र डरको समस्या,
– उदासीनता , तनाव सम्बन्धी समस्याहरु हुन्छन्
– लागूपदार्थको लतमा पर्ने समस्या आत्महत्याको हानी वा आत्महत्याको प्रयास,
– मोबाइलमा समय धेरै बिताउने समस्या हुन्छन्
अन्त्यमा बालबालिकाहरुमा पनि कडा किसिमको मानसिक समस्या हुन सक्छ । जस्तै: साइकोसिस (psychosis) र बाइपोलर (bipolar) डिसअर्डर ( disorder).
कोभिडको अवस्थामा बालबालिकामा देखिने मनोबैज्ञानीक समस्या धेरै प्रकारका हुन सक्छन्। जुन बालबालिकामा पहिलेदेखि मानसिक समस्याहरु छन भने कोभिडका कारण झन ती समस्या बढ्दै गइरहेकोअथवा बल्झिने हुन सक्छ। त्यस्तो अवस्थामा बालबालिकाहरुले जुन किसिमको स्वास्थ्य सेवा सुविधा पाउनुपर्ने हो त्यसै किसिमको वातावरण नपाएको कारण समस्या हुन्छ।
यस बाहेक हुने समस्याहरुमा:
– संक्रमण हुन्छन् कि भन्ने डर ,त्रास वा चिन्ता या आफ्नो परिवारको कोही संक्रमण हुन्छन् भन्ने डर,
– छिटो छिटो रिसाउने , आनीबानीमा परिवर्तन आउने,
– निन्द्रा र खानपानमा गडबडी , तनावले गर्दा टाउको भारी हुने,सास फेर्न गाह्रो हुने, बेहोस हुने,
– अनि किशोर-किशोरीहरुमा दिक्क भए जस्तो लाग्ने , फ्रस्ट्रेसन हुने, भविष्यको बारेमा अन्योलमा पर्ने, मोबाइल र ग्याडजेटमा धेरै समय बिताउने, उदासीनता , आत्मा हानिहरु हुने गर्दछ।
– बालबालिका स्वयम् आइसोलेसन या क्वारेन्टाइनमा छ भने झन धेरै तनावको लक्षणहरु देखिन्छ।
वयस्कहरुमा र बालबालिकामा देखिने मानसिक समस्याहरुलाई समग्रमा कसरी छुट्याउन सकिन्छ भने सानासाना बालबालिकाहरुमा शारीरिक लक्षण आउने बानीमा परिवर्तन हुन सक्छ र भावनात्मक लक्षणहरु पनि देखिन सक्छ। तर धेरै जसो स-साना बालबालिकाहरुले वयस्कहरु जस्तो आफ्नो मनको कुरा ब्यक्त गर्न सक्दैन।
– टाउको दुख्ने, पेट दुख्ने हातखुट्टा हरु दुख्ने, कमजोर महसुस हुने,
– छाती दुख्ने ,सास फेर्न गाह्रो हुने,
– पटकपटक बेहोस हुने, छाती भारी हुने गर्दछ ।
– छिटो छिटो रिसाउने, भनेको नसुन्ने अटेरी हुने,
– स्कुल जान नमान्ने या पढाईमा रुचि नदेखाउने ,
– उमेर बढ्दै जाँदा पिसाब र दिशा रोकथाम गर्न सकेपनि मानसिक समस्याका कारण बच्चाहरुले दिसापिसाब बेडमै या कपडामै गरिदिने ,
– कराउने, स-साना कुराहरुलाई लिएर रिसाउने , आफैंलाई चोट पुर्याउने या अरुलाई पनि चोट पुर्याउन सक्छन।
– रिसाउने
– उदास हुने
– डर त्रास वा चिन्ता हुने
बालबालिकाहरूका मानसिक समस्यामा पनि ठूलावडाहरुका जस्तै उपचारहरु उपलब्ध हुने गर्दछ। बालबालिकाहरुमा धेरैजसो चाहिँ परामर्श, थेरापी, अर्ली इन्टरभेसन (early intervention ) र परिवारसँग परामर्शको आवश्यकता हुन्छ। यसको साथसाथै दबाइको पनि उपचार चाहिँ हुन्छ । बालबालिकाहरुमा समान्य तथा कडा खालको मानसिक समस्या पनि हुन सक्छ। यस्तै समस्या अनुसारको थेरापी काउन्सिलीङबाट उपचार गर्नुपर्छ। धेरै कडा खालको समस्या छ भने दबाइ अनुसार पनि उपचार गर्नुपर्ने हुन्छ।
बालबालिकाहरूको मनोरोग सम्बन्धी मेरो सुझाव भन्नुपर्दा वयस्कहरुमा देखिने समस्या जस्तै बालबालिकालाई पनि समान्य र कडा खालको मानसिक समस्या हुन सक्छ। बालबालिकाहरुका मानसिक समस्याहरु जति छिटो पहिचान गर्न सकिन्छ त्यति नै छिटो र पुरै समस्या समाधान गर्न सकिन्छ। बालबालिकामा मनोरोग भएमा अभिभावक या परिवारको ठूलो भूमिका हुन्छ। अभिभावकहरुले बालबालिकाले भनेको कुरा या भन्न खोजेको कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने प्रयास गर्न पर्छ। आफ्नो बालबालिकामा मनोरोगको समस्या हो कि जस्तो लाग्यो भने तुरुन्तै नजिकैको मनोचिकित्सक या चिकित्सक मनोविद संग सरसल्लाह गर्न एकदम जरुरी हुन्छ।