वर्तमान कोभीडको समयले हामीलाई विभिन्न रुपबाट आफ्नो बाबुनानीहरु सँग घुलमिल हुने मौका दिएको छ। हामी उनीहरुको अभिभावकको रुपमा, साथीको रुपमा, शिक्षकको रुपमा, उनीहरुलाई अझ राम्ररी चिन्ने मौका पाइरहेका छौँ ।
यसै क्रममा यी विभिन्न भूमिकाहरुमा तेवा पुग्ने र आफ्नो बाबुनानीभित्र लुकेको प्रतिभा एवम भावनाहरुलाई पनि उजागर गर्न एकदमै मद्दत हुने कृयाकलापमा नाटक कक्षा “Theatrical Drama Classes” पर्न सक्दछ।
यही विषयमा एउटा सानो लेख।
अहिलेको समयमा किताबको ज्ञान मात्र नभई विभिन्न अतिरिक्त कृयाकलाप जानेको हुन पर्दछ। २१औं शताब्दीको सीपहरुलाई पूरक दिन प्रदर्शन कलाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। तेही मध्येको एक महत्वपूर्ण भागमा पर्ने Drama classes अथवा नाटकले बाबुनानीहरुलाई Communication Skills देखी लिएर आत्मबल विकास र Focus Building जस्ता विभिन्न सीपहरु विकास गर्न मद्दत गर्छ ।
बाबुनानीहरुलाई Dramaमा संलग्न गराउदा उनीहरुको कल्पना शक्तिमा बिस्तारी प्रगती देख्न सकिन्छ। स्वयम कल्पनिक दृश्यहरुमा संलग्न हुँदा आफुमा पनि कल्पना शक्ती र तिनिहरुलाई रुपान्तरण गर्नका लागी लेखन शैलीको पनि विकास हुन्छ। यही दुई माध्यम बाट उनीहरुमा Logical Reasoning र StoryTelling को बानी पनि विकास हुन्छ।
नाटकको सन्लग्नताले शारीरिक व्यायाममा पनि ठुलो टेवा पुगाउने गर्छ। Dramaको विभिन्न Exerciseहरुले मा चुस्ती फुर्ती प्रधान गर्नुका साथै उनीहरुलाई रमाईलो पनि हुन्छ। अभिभावकहरु आँफै यस्ता कृयाकलापमा भाग लिदा उनीहरु र बाबुनानीहरु बिचको सम्बन्ध पनि अझ बलियो हुन्छ।
बाबुनानीहरुले उनीहरूको सामाजिक सीपहरू पनि सुधार गर्न सक्नेछन अभिभावकहरु सँग समूहको रूपमा काम गरेर उनीहरुले समस्याहरू समाधान गर्न र सुधार गर्न सिक्नेछन, दैनिक जीवनमा आउने नयाँ परिस्थितिहरू सामना गर्न मनोबल पनि लिन सक्छन। यस प्रकारका कार्यक्रमहरूमा सहभागिताले उनीहरूको पारस्परिक सीप बृद्धि गर्न मद्दत गर्दछ किनभने उनीहरूलाई उनीहरूको खेल चरित्र र फरक भूमिका बुझ्न आवश्यक छ, जसले साना बाबुनानीलाई बिभिन्न परिस्थिति, व्यक्तिहरू, भावनाहरू, र उनीहरूमा हुन सक्ने क्षमतालाई अझ राम्रोसँग बुझ्न गर्न मद्दत गर्दछ। समग्रमा, प्रदर्शन कलाले समानुभूति, अनुकम्पा, र उनीहरूको भावना व्यक्त गर्ने र अरुलाई कसरी बुझ्ने कुराको बारेमा सिकाउँदछ।
लकडाउनको यस समयमा, हाम्रा केहि बहुमूल्य सीपहरू: सामाजिक, कल्पना, र मानव जडानको साथ सम्पर्क हराउन सजिलो हुन सक्छ। नाटक जीवनको यस एकल समयमा लाईफलाइनको रूपमा प्रयोग गर्न सकिन्छ, यसले हामीलाई मानव हुनु भनेको के हो भन्ने सिद्धान्तहरूलाई बुझाउन फेरी मद्दत गर्छ। बाबुनानीहरु दिनभरी अनलाइन कक्षामा व्यस्त भएको बेला यी कुराहरुको महत्व बुझ्न एकदमै जरुरी हुन्छ।
घरमा कसरी गर्ने त Drama Classes: