डिजिटल सामग्रीको खोजी र उपयोग
हामी हाम्रो सूचनाको मुख्य स्रोतको रूपमा इन्टरनेटमा निर्भर भएका छौँ। कुनै परियोजना वा रिपोर्टको लागी अनुसन्धान गर्न देखी लिएर नवीनतम समाचार र संगीत भिडियो हेर्नका लागी सम्म, डिजिटल साक्षरता कौशलहरु मध्यको सबैभन्दा आधारभूत जानकारी खोजने क्षमता हो। इन्टरनेटमा न केवल अत्यधिक जानकारी छ, यसको एक महत्वपूर्ण भाग अप्रासंगिक वा मिथ्या पनि छ। आवश्यक सामग्री प्राप्त गरे पछि यो सामग्री उपभोग को लागी उपयुक्त छ कि छैन भनेर जाँच गर्न सक्षम हुनु आवश्यक छ। टूलकिट को यस विषयमा हामी व्यक्तिहरुलाई डिजिटल सामग्री कुशलतापूर्वक र प्रभावी ढंग बाट खोज्न र उपभोग गर्नको लागी सक्षम बनाउनमा ध्यान केन्द्रित गर्दछौं।
पाठ र कक्षाकार्य गतिविधिहरु
1 .गुगलको प्रयोगले खोज र अनुसन्धान
इन्टरनेटमा अत्यधिक जानकारी छ। गुगलमा एक खोजीले लाखौं परिणाम दिन्छ। हामीले खोजेको सामग्री त्यस खोज परिणामको ढेरमा सजिलै हराउन सक्छ। सान्दर्भिक सामाग्री खोजन सक्षम हुन डिजिटल नागरिकहरुका लागी यो आवश्यक छ कि उनीहरु गूगल (वा कुनै अन्य खोज इन्जिन) को ठीक सँग उपयोग गर्न सक्षम होउन।
- प्रशिक्षण गाइड (अंग्रेजी)
- प्रशिक्षण गाइड (नेपाली)
- सहायक स्लाईड्स (अंग्रेजी)
- सहायक स्लाईड्स (नेपाली)
- सर्च इन्जिन कसरी प्रयोग गर्ने | कारखाना यहाँ कारखाना को डिजिटल सिटिजनशिप किताबको एक पाठ छ, जसमा हामी सर्च इन्जिन र तिनलाई प्रयोग गर्ने राम्रा विधिहरूको बारेमा कुरा गर्छौँ


2. विकिपिडिया: साथी कि शत्रु?
विकिपीडिया एक घरेलु नाम भइसकेको छ। सबैभन्दा लोकप्रिय अनलाइन विश्वकोशका साथ साथै सबैभन्दा धेरै भ्रमण गरिएका वेबसाइटहरु मध्ये पनि एक हो। क्राउडसोर्सिंग, जो विकिपीडियालाई यति शक्तिशाली बनाउँछ, यही कारण पनि हो कि यो बिगार्न र झूठो सुचना हल्न यती सजिलो छ। एक डिजिटल नागरिकका रूपमा यसलाई निष्पक्ष रूपमा प्रयोग गर्न को लागी विकिपीडियालाई एक सम्भावित मित्र वा दुश्मन को रूप मा जान्न आवश्यक छ।
- प्रशिक्षण गाइड (अंग्रेजी)
- प्रशिक्षण गाइड (नेपाली)
- सहायक स्लाईड्स (अंग्रेजी)
- सहायक स्लाईड्स (नेपाली)
- विकिपिडिया: साथी कि शत्रु? | कारखाना यहाँ कारखानाको डिजिटल सिटिजनशिप किताबको एक पाठ छ, जसमा हामी विकिपिडियाका फाइदा र बेफाइदाका बारेमा कुरा गर्छौँ।
3. मिथ्या सुचना किन फैलिन्छ
जानकारीको वर्तमान युग अब झूट को निर्माण र प्रसारमा छिटो वृद्धिको कारण “मिथ्या सुचनाको युग” को रूपमा चिनिन्छ । दुष्प्रसारसंग लड्न सक्षम हुन को लागी, झूटको रचना र प्रसारको पछाडिको प्रेरणा बारे बुझ्न आवश्यक छ।

कारखाना ब्लग
1. गुगलको प्रयोगले खोज र अनुसन्धान
- गुगल सर्च विधिको प्रयोग | कारखाना कारखानाका सदस्यले गुगलमा खोजी गर्ने विशेष विधिहरू र आफ्नो अनुभवलाइ उदाहरणसहित राखेका छन्।
- गुगल स्कोलर | कारखाना कारखानाबाट गुगल स्कोलरका विशेषता र असुविधाहरूको जाँच सहितको छोटो परिचय। हामीले गुगल स्कोलर प्रयोग गरी अझै राम्रोसंग खोजी गर्ने केही उपाय पनि दिन्छौँ।
- गुगलले निम्त्याउन सक्ने समस्या | कारखाना कस्ता कस्ता विषयमा गुगलको आलोचना भएको छ? गुगल प्रयोग गर्न मन नभएको खण्डमा हामीसंग केही विकल्प छन्? यही कुराहरूलाई कारखानाले छोटकरीमा समेटेको छ।


2. विकिपिडिया: साथी कि शत्रु?
- विकि परिवारसंग भेट्नुहोस् | कारखाना यो लेखमा हामी पाठकलाई विकि परिवारका अरू केही सदस्यसंग परिचय गराउछौँ जुन शिक्षक र विद्यार्थीका लागि जान्न आवश्यक छ।
- विकिपीडिया लेखहरु कसरी जाँच गर्ने? | कारखाना यो लेखले तीन विकिपीडिया लेखहरुको एक विस्तृत विश्लेषण प्रस्तुत गर्दछ जहाँ हामी विश्वसनीयता वा अविश्वासको संकेत संगै तिनी पछाडिका कारणहरु माथि प्रकाश पार्छौं,।
- विकिपीडियामा जानकारीका स्रोत | कारखाना विकिपीडिया मा जानकारी कहाँबाट आउँछ? के पाठकहरुलाई थाहा छ कि जानकारी विश्वसनीय छ या छैन? हामी विभिन्न स्रोतहरु को एक अधिक विस्तृत विश्लेषण संग यी प्रश्नहरुको जवाफ दिने कोशिश।
3. मिथ्या सुचना किन फैलिन्छ
- के देख्नु भनेकै विश्वास गर्नु हो? | कारखाना: आधुनिक टेक्नोलोजीले भ्रामक, हेरफेर गरिएका तस्वीर बनाउन सजीलो भएको छ। यस ब्लगमा हामी हेरफेर गरिएका तस्वीरहरुको चार उदाहरणहरुको विश्लेषण गर्छौँ र तिनलाई पहिचान गर्ने तरिका बारे चर्चा गर्छौँ।
- के तपाइँ वास्तविक र नक्कली बीच फरक छुट्याउन सक्नुहुन्छ? | कारखाना: आत्म मूल्यांकन प्रश्नहरुको रूपमा यो ब्लगले देखाउँछ कि कती सजीलो सँग मिथ्या खबर र व्यंग्यलाई वास्तविक समाचार भनेर झुक्किन सकिन्छ।

भिडियोहरु
1. गुगलको प्रयोगले खोज र अनुसन्धान
2. विकिपिडिया: साथी कि शत्रु?
3. मिथ्या सुचना किन फैलिन्छ
अन्य पठन संसाधन
1. गुगलको प्रयोगले खोज र अनुसन्धान
- गुगलका ९ विकल्पहरू माथिको लेखमा गुगलका ९ सम्भावित विकल्पहरू र ती विकल्पका महत्वपुर्ण प्रयोजन दिइएका छन्।
- गुगलले मेरो डाटा लिएर के गर्छ? यो लेखले गुगलले कसरी तपाईको डाटा तेस्रो पक्षलाई दिएर तपाईको लागी गुगलका सामग्री, सम्बन्धित वेबसाइट, र मोबाइल एपहरूमा प्रयोजित विज्ञापनहरू देखाउँछ भनेर प्रष्ट्याउँछ।
- गुगलले तपाईलाई ट्रयाक गर्ने सबै बाटाहरू – र यसलाई कसरी रोक्न सकिन्छ माथिको लेखले गुगलले आफ्ना युट्युब, जिमेल, र विज्ञापनजस्ता कुराको प्रयोगले तपाईलाई ट्रयाक गर्ने डरलाग्दा तरिकाहरूको बारेमा बताउँछ।
- जानी राखे राम्रो हुने २३ गुगल सर्च विधिहरू माथिको लेखमा गुगल सर्चको लागि २३ तरिकाहरू र तपाईको खोजीलाई अझै फलदायक बनाउने अपरेटरहरू उल्लेख भएका छन्।
2. विकिपिडिया: साथी कि शत्रु?
- विकिपिडिया सम्पादनका नियमहरू बिबिसीले विकिपिडियाका लेखहरू सम्पादन गर्दा मान्नुपर्ने नियमहरूका बारेमा प्रकाशन गरेको छोटो लेख
- विकिपिडियाका सबैभन्दा हास्यमय ६४ सम्पादनहरू इन्टरनेट प्रयोगकर्ताहरूले विकिपिडियामा राखेका ६४ वटा हास्यमय वाक्यांशहरू
- विकिले कसरी काम गर्छन् | HowStuffWorks विकिपिडिया, विकि समुदाय, लेखहरू माथिको हानीपरक क्रियाकलाप, र सम्पादन युद्धजस्ता कुराहरू समेटिएको जानकारीमुलक लेख
- विकिपिडियाले साच्चैँ कसरी काम गर्छ फोर्ब्सको एउटा लेख जसमा विकिपिडियाका एक सदस्यले विकिपिडियाले कसरी काम गर्छ भन्ने कुरा व्यंगात्मक रुपमा बताउछन्।
3. मिथ्या सुचना किन फैलिन्छ
- झूट, नक्कली समाचार र अनलाइन अराजकता सित लड्नका लागी एक गाइड। इन्टरनेटमा भएका खबरहरुलाई पढ्न को लागी एक गाइड।
- #BotSpot: बाट्स पहिचान गर्न बाह्र तरिका | FDFRLab द्वारा dfrlab नक्कली ट्विटर खाताहरु को पहिचान गर्न को लागी केहि उपायहरु।
- अनलाइन दुष्प्रचारसँग लड्न उपकरणहरु यो लेखले मिथ्या खबरको दुष्प्रचारसंग लड्न को लागी प्रयोग गर्न सकिने अनलाइन उपकरणहरुको सूची प्रदान गर्दछ।
- कसरी व्हाट्सएप भारत मा नक्कली समाचार र हिंसा लाई बढावा दिन्छ। यो लेखले भारतको कर्नाटकामा २०१८ मा आक्रोशित भीडद्वारा गरिएको हत्याको बारेमा कुरा गर्दछ जुन व्हाट्सएपको माध्यमबाट फैलिएको गलत अफवाहहरुको परिणामस्वरूप भएको थियो।